राजनीति

‘एमालेसँग एक्लै लड्ने आँट कसैले पनि गर्न सक्दैन’


काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा आफ्नो पार्टीसँग एक्लै लड्ने आँट कसैले पनि गर्न नसक्ने दावी गर्नु भएको छ ।

अध्यक्ष ओलीले एक्लै लडने आँट नभएपछि सत्तारुढ गठबन्धन चुनावी तालमेल गरेर जाने तयारी गर्न बाध्य भएको तर्क समेत गर्नु भयो । आज नेकपा एमालेले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा उहाँले एमालेसँग एक्लै चुनाव लडन कुनै पनि राजनीतिक दलहरुले नसक्ने कुरा सबैलाई थाहा भएको दावी समेत गर्नु भयो ।

अध्यक्ष ओलीले माधव नेपाललगायतका केही मान्छे पार्टीबाट चोईटिएर गएपनि चिन्ता गर्नुपर्ने अवस्था नरहेको पनि दोहो¥याउनु भयो । उहाँले जनादेशबाट नभई विभिन्न जालझेल गरेर आफूहरुलाई सत्ताबाट हटाएको उल्लेख गर्दै आगामी निर्वाचनमा त्यसको जवाफ दिनेगरी तयारी गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनु भयो ।

अध्यक्ष ओलीले चुनावमा एमालेको प्रतिस्पर्धी हुने तर प्रतिस्पर्धा भने नहुने दावी समेत गर्नु भयो । उहाँले पार्टीमा फुट नआएको पनि स्मरण गराउनु भयो ।