विदेश

अफगानिस्तानमा आईएसलाई लक्षित गरी अमेरिकी सेनाद्वारा हवाई आक्रमण


काठमाडौँ – अमेरिकाले अफगानिस्तानमा आईएसआईएसलाई लक्ष्य गरी हवाई हमला गरेको छ । हमलामा १७० जनाको ज्यान जानेगरी बिहीबार काबुलको विमानस्थलमा बम विस्फोट गराउने मुख्य योजनाकार मारिएको दाबी अमेरिकी सेन्ट्रल कमान्डका प्रवक्ता क्याप्टेन बिल अर्बनले गरेका छन् ।

उनले आक्रमणमा सर्वसाधारणलाई कुनै क्षति नपुर्याएको बताए । यसअघि अमेरिकाका राष्ट्रपति जो बाइडेनले विस्फोट गराउनेलाई खोजीखोजी मार्ने चेतावनी दिएका थिए । राष्ट्रपति बाइडेनकै अनुमतिमा आईएसआईएसलक्षित हवाई हमला गरिएको अमेरिकी सेनाले जनाएको छ ।