देश

कहिले बाहिरिन्छ नेपालबाट मनसुन, कहिलेसम्म हुन्छ भारी वर्षा ? (भिडियोसहित)


काठमाडौँ – पछिल्लो केहि दिन यता देशभर सामान्यदेखि भारी वर्षा जारी रहेपछि सरकारले आम सर्वसाधरणलाई सर्तकता अपनाउन अपिल गरेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार न्यूनचापिय रेखा नेपालको सीमा नजिक रहेकाले अधिकांश क्षेत्रमा भारी वर्षा भईरहेको हो । शनिबारबाट क्रमश मौसममा सुधार आउने महाशाखाले जनाएको छ । बुधबारबाट मौसम सक्रिय रहँदा देशका अधिकांश स्थानमा निरन्तर वर्षा भईरहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका विभिन्न भुभागमा अत्याधिक भारी भईरहेको जनाएको छ । मौसमविद्हरुका अनुसार ५० मिलिमिटर सम्मको वर्षा हुनुलाई सामान्य मानिन्छ । सय मिलिमिटर भन्दा माथिको वर्षालाई भारी वर्षा भएको भन्ने बुझिन्छ । मनसुनको उत्तरार्ध भएकाले न्यून चापीय रेखा नेपालको सीमा नजिकै केही दक्षिणतिर रहेकाले प्रदेश नं १, वाग्मती, गण्डकी, लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा अत्याधिक वर्षा भईरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार शनिबारबाट क्रमश मौसममा सुधार आउने छ । धेरै स्थानमा अत्याधिक वर्षा भएकाले नदी किनारका स्थानीयले विशेष ध्यान दिनुपर्ने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मनि कुमार अर्यालको सुझाव छ । नेपालको भौगोलिक बनावटलाई समेत ध्यानमा राख्दै आफ्नो क्षेत्रमा पानी परेको छैन भनेर हेलचेक्राई नगर्न यात्रा गर्दा त्यस सडकको अवस्था बुझेर मात्र यात्रा तय गर्न समेत आग्रह गरेको छ ।

नेपालमा जुन १० देखि सेप्टेम्बर २३ अवधिलाई मनसुन सिजन अवधि मानिन्छ । तर विगत केहि वर्षदेखि मनसुन ढिला सुरु हुने र ढिला सकिने टे«न्ड चलिरहेको मौसमविद्हरुको अनुभव छ । वर्षा हुने टेन्ड पनि फेरिएको छ । विगतमा लामो समय झरी हुने गर्दथ्यो तर अहिले अचानक अत्याधिक रुपमा वर्षा हुन थालेको छ । जसका कारण अझ धेरै जोखिम बढाएको मौसमविद् मिन कुमार अर्यालले बताए । नेपालमा मात्र नभई वातावरणीय परिवर्तन विश्वभरी रहेको उनको भनाई छ ।

नेपालमा यो वर्ष जुन १३ पछि मात्र मनसुन प्रवेश गरेको थियो । भारी वर्षा, बाढी पहिरो जस्ता प्राकृतिक विपत्तिमा परी करडौंको धनजनको क्षति भएको भईसकेको छ । गृह मन्त्रालयका अनुसार मनसुनजन्य घटनामा यो वर्ष ८४ जनाको ज्यान गईसकेको छ भने ४१ जना वेपत्ता छन् । सयौं परिवार विस्थापित भएका छन् । सरकारले विपत्त व्यवस्थापनका लागि करोर्डौ बजेट विनियोजन खर्चिए पनि त्यसको प्रभाकारीता खासै देखिएको छैन ।