समाचार

पहिरोमा पुरिएर एकै परिवारका तीनजना बेपत्ता



काठमाडौँ – लगातारको वर्षाका कारण पूर्वी नवलपरासीमा पहिरोमा पुरिएर एकै परिवारका तीनजना बेपत्ता भएका छन् । हुप्सेकोट गाउँपालिका –४ मा पहिरो जाँदा एकै परिवारका तीनजना बेपत्ता भएका हुन् ।

पूर्वी नवलपरासीकी प्रमुख जिल्ला अधिकारी मनमाया भट्टराई पंगेनीका अनुसार हस्तबहादुर पुलामीको घरमाथिबाट पहिरो खस्दा ४० वर्षीया धनमाया पुलामी र उनकी दुई नातिनीहरु ७ वर्षीया भूमिसरा र ६ वर्षीष देउमाया पुलामी बेपत्ता भएका हुन् ।

उनीहरुको खोजी कार्य जारी रहेको बताइएको छ ।