समाचार

घरबाटै लगी तालिबान समुहले गरे १२ वर्षीया बालिकाको सामूहिक बलात्कार



काठमाडौँ – अफगानिस्तानमा तालिबान समूहले १२ वर्षीया बालिकाको सामूहिक बलात्कार गरेका छन् । अमेरिकी पत्रकार हाली मेक्केले आफ्नो रिपोर्टमा तालिबानले १२ वर्षीया बालिकाको सामूहिक बलात्कार गरेको बताएका छन् ।

हाली मेक्केको रिपोर्टका अनुसार ती बालिकाको बाबुलाई तालिबानले छोरी आफूहरुलाई दिन बताएका थिए । तर बाबुले नमानेपछि तालीबानहरुले उनलाई घरबाटै लिएर गएका थिए ।

तालिबानहरुले विवाह गर्ने भन्दै अफगानिस्तानको विभिन्न गाँउबाट १२ देखी १५ वर्षका बालिकाहरुलाई लिएर आउने गरेको हाली मेक्केले रिपोर्टमा उल्लेख गरेका छन् ।