समाचार

बढ्यो सुनको मुल्य



काठमाडौँ –आज नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

बिहीबार प्रतितोला ९१ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको आज ९१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजाबी सुन प्रतितोलामा ९१ हजार १ सयमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार चाँदी प्रतितोला एक हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।