देश

आज यी नदीहरुमा बढ्दै छ पानीको बहाव


काठमाडौँ – नेपालभरका लगभग सम्पूर्ण साना वा ठुला सबै नदीमा आज पानीको बहाव बढ्न सक्ने अनुमान गरिएको छ । विशेषगरी नारायणी र यसका सहायक नदीहरूमा पानीको बहाव उल्लेख्य बढ्ने र केहीमा सतर्कता तह पार गर्न सक्ने पूर्वानुमान छ ।

मझौला नदीहरू सबैमा बहाव उल्लेख्य बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । कमला, वाग्मती, तिनाउलगायतमा बहाव खतरा तह आसपास पुग्ने पूर्वानुमान छ ।कन्काई, पूर्वी राप्ती, पश्चिम राप्ती र बबईमा बहाव सतर्कता तह आसपास पुग्न सक्ने जनाइएको छ ।

कोसी र यसका सहायक नदीहरूमा बहाव सामान्य बढ्ने तथा सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान छ । नदी तटीय तथा डुबान भइरहने क्षेत्रहरूमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।