कोरोना विशेष

नेपाललाई अक्सिजन प्लान्ट हस्तान्तरण


काठमाडौँ – दक्षिणी छिमेकी मुलुक भारतले नेपाललाई अक्सिजन प्लान्ट प्रदान गरेको छ । कोरोना महामारीविरुद्धको लडाइँमा हातेमालो गर्न भन्दै भारतले नेपालका लागि अक्सिजन प्लान्ट हस्तान्तरण गरेको हो ।

नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् ।