विदेश

काबुल विमानस्थल बाहिर बिस्फोट, कम्तिमा ११ जनाको मृत्यु,मारिनेमा बालबालिका र महिला पनि



काठमाडौँ – बिहिबार साँझ अफगानिस्तानको काबुल विमानस्थल बाहिर विस्फोट हुदाँ कम्तिमा ११ जनाको मृत्यु भएको छ ।

मारिनेमा बालबालिका र महिला पनि रहेको ती अधिकारीको भनाइ छ । घटनामा तालिबान लडाकुसहित थुप्रै सर्वसाधारण पनि घाइते भएको ती अधिकारीलाई उल्लेख गर्दै बीबीसीले जनाएको छ ।

हालसम्म प्राप्त जानकारीमा विमानस्थलको गेटमा विस्फोट भएको थियो । त्यस क्षेत्रमा बेलायती सैनिक तैनाथ थिए । काबुल विमानस्थलमा आतंकवादी हमलाको सूचना प्राप्त भएपछि तीनवटा गेटहरू बन्द गरिएका थिए ।