राजनीति

मन्त्रिपरिषद् बैठकले गर्यो महत्वपुर्ण निर्णय


काठमाडौँ – सरकारले दार्चुला जिल्लामा तुइन तर्ने क्रममा बेपत्ता भएका जयसिंह धामीको परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहायता दिने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले दार्चुला जिल्लामा तुइन तर्ने क्रममा महाकाली नदीमा खसि बेपत्ता भएका दार्चुला जिल्ला, ब्यास गाउँपालिकाका जयसिंह धामीको परिवारलाई आर्थिक सहायतस्वरुप दशलाख रुपैयाँ रकम उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताउनुभयो ।

बैठकले राष्ट्रिय योजना आयोगको सदस्य पदमा पुष्प रमण वाग्ले र सलोनी प्रधान सिंहलाई नियुक्त गर्ने निर्णय गरेको छ । त्यस्तै विश्व स्वास्थ्य खाद्य संगठन दक्षिणपूर्वी एसियाका लागि क्षेत्रिय निर्देशक पदमा नेपालको तर्फबाट बारगंगा कपिलवस्तु निवासी डा. शम्भुप्रसाद आचार्यको उम्मेदवारीका लागि मनोनयन गर्ने पनि मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।