राजनीति

कोरोना कहरका बीच विमानस्थलमा विदेशिने नेपालीको भिड, पीडा आ–आफ्नै


काडमाडौँ – कोरोना संक्रमणको विश्वव्यापी त्रास घटेको छैन । त्रासकै बीच वैदेशिक रोजगारीका लागि विदेशिनेको संख्या भने निरन्तर बढिरहेको छ । संक्रमण र निषेधाज्ञाका कारण स्वदेशमा रोजगारी गुमाएका युवाहरु विदेशमै पसिना बगाउन बाध्य भएका छन् ।वैदेशिक रोजगारीमा रहेका नेपाली कोरोना संक्रमणको महामारीका कारण धमाधम स्वदेश फर्किरहेका छन् ।

कतिपय नेपाली निषेधाज्ञा र कोरोनाले निम्त्याएको मापदण्ड पूरा गर्न नसकेर चाहेर पनि स्वदेश फर्किन सकिरहेका छैनन् । धेरै नेपाली श्रमिक विदेशमै अलपत्र छन् । यस्तो परिस्थितिमा पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भने वैदेशिक रोजगारमा जानेहरुको भिड लाग्ने गरेको छ ।

अधिकांश नेपाली युवा सुन्दर सपना बोकेर बिदेशिएका छन् । बिदेसिनु उनीहरूको रहर नभई बाध्यता नै बनेको छ । लाखौँ नेपाली युवाहरु दैनिक चलाउन र परिवारको हातमुख जोड्नकै लागि विदेश जान बाध्य छन् । घर परिवार छोडेर धन कमाउने आशमा विदेशिनेहरुको पीडा कति छ भन्ने कुरा यो दृश्यले प्रष्ट पार्छ ।

देशमा रोजगारको अभाव हुँदा दिनहुँ हजारौको संख्यामा युवाहरु विदेशिन बाध्य छन् । बैदेशिक रोजगारीको लागि विमानस्थल पुगेका चितवनका टंकेश्वर चौधरीका आँखा रसाइरहेका थिए, अनुहार निकै मलिन देखिन्थ्यो । उनी रोजगारीका लागि दुवही जान लागेका हुन् । यस्तो महामारीको बेला पनि नेपालमा रोजागारको उचित व्यवस्था नहुँदा परिवारको खुशीको लागि भएनी विदेश जान बाध्य भइको दुखेसो उनले पोखे ।

त्यस्तै धरानका सन्तकुमार राई पनि दुवही जानको लागि नै विमानस्थलमा पुगेका थिए । नेपाल मै सरकारले रोजगारको सिर्जना गरिदिएको भए परिवारलाई छोडेर जानु पर्ने स्थिति आउदैन थियो । तर, बाध्यताले संक्रमणको जोखिम मोलेर विदेशिनु परेको सन्त कुमार राई बताउछन् ।

परिवारको साथ छोडेर विदेश जानुपरेको भन्दै विमानस्थलमा सरकारसंग आक्रोश पोख्नेको पनि कमी छैन । बर्षौ परदेशमा बिताएर अब कहिल्यै विदेश नजाने भन्दै स्वदेश फर्किएका रुद्र बहादुर परियार गाउँघरमा राम्रो रोजगार नभएपछि फेरि विदेश नै जानु परेको बताउछन् ।

यस्ता धेरै युवाहरुको पिडा उस्तै नै छ । कोरोना संक्रमणका कारण देशमा धेरैको रोजगारी खोसिएको छ । रोजगारका अन्य सम्भावना पनि देखिएको छैन । कोरोना कहरबाट कहिले मुक्ति पाइने हो त्यो पनि यकिन छैन । त्यसैले पनि युवाले विदेशिनुको विकल्प देखेका छैनन् ।

कम्युनिष्ट सरकारले जनतासामु ५ वर्षभित्र बाध्यात्मक रुपमा वैदेशिक रोजगारीमा जानुपर्ने अवस्थाको अन्त्य गर्ने बताएको थियो । तर ओली सरकार आफैलाई बचाउन नसक्ने बहिर्गमित बनेको छ । देशमा सरकार स्थीर रहन नसक्दा विकाश र समृद्धिले गति लिन सकेको छैन । रोजगारीको नयाँ अवसर श्रृजना हुन नसक्दा युवाहरु विदेशिन बाध्य भएका छन् ।

त्यसो त युवाहरुलाई लक्षित गर्दै ओली सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम पनि अघि सारेको थियो । तर सो कार्यक्रम पनि प्रभावहिन देखिएको छ । सरकार देशमै रोजगारी सिर्जना गर्ने भन्दा पनि युवा शक्तिलाई विदेश पठाएर आएको रेमिट्यान्सले देशको अर्थतन्त्र धानिएकोमा दंग छ । भिडियोसहित–