राजनीति

दल दर्ताको प्रमाणपत्र पाएपछि लोसपाको पहिलो बैठकले गर्यो यस्तो निर्णय



काठमाडौँ – निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएपछि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को कार्यकारिणी समितिको पहिलो बैठक बसेको छ । आज पार्टी कार्यालय बबरमहलमा बसेको केन्द्रीय समितिको बैठकले प्रदेश र स्थानीय तहको जनप्रतिनिधिलाई निर्वाचन कार्यालयमा स्वघोषणा गराउने विषयमा छलफल भएको छ ।

बैठकपछि सञ्चाकर्मीसँगको कुराकानीमा लोसपाका कार्यकारिणी समिति सदस्य केशव झाले बदलिदो परिस्थितिसँगै जनतामा कसरी जाने भन्ने विषयमा पनि छलफल भएको बताउनुभयो ।

झाले आफूहरु दलबिहीन भएको अवस्थामा पार्टी विभाजन सम्बन्धी विधेयक ल्याएर सरकारले ठूलो सहयोग गरेको भन्दै सहकार्यको विषयमा सरकारको औपचारिक धारणा आए पछि निर्णय लिने पनि बताउनुभयो ।