राजनीति

१० बुँदे सहमति अनुसार भातृ संगठन मिलाउन एमालेको कार्यदल गठन


काठमाडौँ – असार २७ मा भएको १० बुँदे सहमति अनुसार पार्टीका जनवर्गीय संगठनलाई पनि २०७५ जेठ २ अघिकै अवस्थामाबाट सक्रिय बनाउन एमालेले कार्यदल बनाएको छ ।

एमाले प्रवक्ता प्रदरीप ज्ञवालीका अनुसार महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा कार्यदल बनेको हो । कार्यदलमा संगठन विभाग प्रमुख तथा उपमहासचिव विष्णु पौडेल, तत्कालीन एमालेको जनवर्गीय संगठन मोर्चा इन्चार्ज एवम पार्टी सचिव गोकर्ण विष्ट र एमालेका मोर्चा इन्चार्ज टोपबहादुर रायमाझी छन् ।

पोखरेल कार्यदलले पार्टीका जनवर्गीय संगठनहरुमा १० बुँदे कार्यान्वयन गर्ने रनणीति तय गर्नेछ । युवा संघ नेपाल, अनेरास्ववियु, महिला संघ, किसान महासंघ र पछिल्लो पटक गठित खेलकुद महासंघसहितलाई पनि १० बुँदे अनुसार एकाकार बनाउँदै लैजाने रणनीति एमालेले लिएको हो ।