देश

भायानेटको पर्पल प्याकअफर,१६०० मा ८० एमबीपीएस इन्टरनेट, टिभी र एनसेलको ४८ जीबी डेटा


काठमाडौँ – भाइनेटले एनसेलसँगको सहकार्य गरेर आफ्नो ग्रहाकलाई लक्षित गर्दै ‘भायानेट पर्पल प्याक’ अफर ल्याएको छ । यस अफर अन्तर्गत ८० एमबीपीएस भायानेट इन्टरनेट लिंदा ग्राहकहरुले १७५ भन्दा बढी च्यानलभएको भायाटिभी सँग–सँगै एनसेल सिमसित्तैमा पाउनुहुनेछ ।

यस सिममार्फत ग्राहकले एनसेलको ४८ जीबी मोबाइल डेटा भएको निःशुल्क सीमसहित मासिक ५० मिनेटको फ्री टकटाइम र एसएमएस लगायतका सुविधाहरू पाइने कम्पनीले जनाएको छ । यो सुविधा हाललाई काठमाडौं उपत्यकामा मात्र उपलब्ध हुनेछ ।

यीसबै सुविधाहरु ग्राहकहरुले जम्मामासिक रु.१६०० मा पाउन सक्नेछन् । यो अफर भायानेटको १०० एमबिपिएस इन्टरनेटमा पनि उपलब्ध छ ।