देश

७८ वर्षको उमेरमा जेबी टुहुरेको निधन


काठमाडौँ – जनवादी गायक जुठबहादुर खड्गी अर्थात् जेबी टुहुरेको अठहत्तर वर्षको उमेरमा निधन भएको छ । बल्खुस्थित बयोधा अस्पतालमा उपचारका क्रममा आज उहाँको निधन भएको हो ।

केही दिनअघि मतिष्कघात भएर टुहुरेलाई अस्पताल भर्ना गरिएको थियो । आफ्नै निवासमा लडेपछि उहाँलाई अस्पताप पुर्याइएको थियो । तर, भेन्टिलेटरमा राखेर उपचार गरिएका उहाँको अवस्थामा सुधार आउन सकेन । २० वर्षदेखि सांगीतिक क्षेत्रमा सक्रिय उहाँले सयौं संख्यामा जनवादी गीत गाउनुभएको छ । संविधानसभा सदस्य समेत रहेका टुहुरेको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको छ ।