राजनीति

वर्तमान सरकारले ल्याएको अध्यादेश बाध्ययात्मक : प्रवक्ता कार्की


काठमाडौँ – सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान सरकारले ल्याएको अध्यादेशलाई बाध्ययात्मक भएको बताउनु भएको छ । कानुनमन्त्री समेत रहनुभएका कार्कीले अध्यादेश संसदको स्थिरताका लागि भएको जिकिर गर्नुभयो ।

बुधबार निर्वाचन क्षेत्र सुनसरी पुग्नु भएका मन्त्री कार्कीले ओली सरकार स्वार्थ केन्द्रित बन्दा मुलुक अनिर्णयको बन्दी बनेको पनि बताउनुभयो । अध्यादेश मुलुकको निकाश र सम्वृद्धिका लागि भएको उहाँको जिकिर छ । कार्कीले मन्त्रिपरिषद छिट्टै विस्तार हुने समेत बताउनुभयो । उहाँले गठबन्धनको संस्कृतिलाई बलियो बनाएर लैजाने भन्ने विषयमा छलफल जारी रहेकाले मन्त्रिपरिषद विस्तारमा ढिलाई भएको उहाँको भनाइ छ ।