राजनीति

हामीलाई हाम्रै साथी १० भाइले धोका दिए : जगन्नाथ खतिवडा


काठमाडौँ– नेकपा एमालेबाट छुट्टिएर बनेको नयाँ दल नेकपा एकृकीत समाजवादी दलका नेता जगन्नाथ खतिवडाले आफ्नै साथीभाईले धोका दिएको बताउनु भएको छ । आफूहरुलाई पार्टीकै १० साथीभाईले अन्तिम समयमा आएर धोका दिएको बताउनु भएको हो ।

योहो टेलिभिजनको कार्यक्रम योहो बहसमा कुरा गर्दै पार्टीको अहिलेको अवस्था सिर्जना हुनमा पहिलो जिम्मेवार केपी ओली नै भएको उहाँको तर्क छ । सबैभन्दा उत्तेजक भएर लागेका भीमरावल लगायतका अन्य नेताहरु पनि जिम्मेवार रहेको उहाँले बताउनु भयो । साथ विश्वास प्रतिबद्धता देखाएर ओली प्रवृतिसँग नझुक्ने भनिरहँदा साथीहरुले आफ्नो प्रतिबद्धता पुरा नगर्दा पनि अहिलेको यो अवस्था आईपुगेको बताउनु भयो ।

केपी ओली लगायता एमालेका नेताहरुले आफूहरुले नचाहदाँ नचाहदैँ पनि जबरजस्ती एमालेबाट छुट्टिन बाध्य बनाएको उहाँको आरोप छ ।
पूरा भिडियो हेर्नुहोस् ।