राजनीति

अफगानस्तान बन्नबाट बचाउन जनमत संग्रह आवश्यक छ : रवीन्द्र मिश्र


काठमाडौँ – आगामी २५–३० वर्षपछि नेपालको अवस्था पनि अफगानस्ताको जस्तै नहोस् भन्नका लागि पनि धर्म निरपेक्षताको सवालमा जनमत संग्रह गर्न आवश्यक रहेको विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले बताउनु भएको छ । मिश्रले आफूले ल्याएको अवधारणमा धर्मनिरपेक्षता बारे उठान गर्नुको मुख्य कारण नै यही भएको बताउनु भएको हो ।

मिश्रले योहो टेलिजिभनको बुधबार राति प्रशारण भएको विषेश कार्यक्रम सत्य संवाद कार्यक्रममा कुरा गर्दै संघीयता खारेजी गर्नु पर्ने तर्क पनि गर्नु भएको छ । संघीयताले नेपालमा झन् आर्थिक संकट निम्याउन सक्ने भन्दै यो नेपाली माटो सुहाउँदो नभएको उहाँको प्रतिक्रिया थियो । आफ्नो अवधारणा सार्वजनिक गर्ने क्रममा धर्मनिरपेक्षता र संघीयता खारेजी बारे जनमत संग्रह गर्नु पर्ने विषय उठान गरेपछि उहाँको चौतर्फी आलोचना भएको थियो ।