विदेश

तालिवानले दिएको समयसीमा सकिँदै, १० हजारभन्दा बढी उद्धारको प्रतीक्षामा


काठमाडौँ – अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता हुने समयसीमा सकिन लाग्दा अझै हजारौँ मानिस काबुल विमानस्थलभित्र र बाहिर उद्धारको प्रतीक्षामा छन् । तालिवानले विदेशी मुलुकका सेनालाई अफगानस्तान छोड्नका लागि अगष्ट ३१ सम्मको समयम तोकोको छ ।

एक अमेरिकी सैनिक अधिकारीका अनुसार १० हजारभन्दा बढी मानिसले काबुल विमानस्थलमा प्रतीक्षा गरिरहेका छन् । यस्तैमा अमेरिका र बेलायतले काबुल विमानस्थलमा आक्रमण हुन सक्ने चेतावनी जारी गरेको छ । बितेको २४ घण्टामा १९ हजार मानिसलाई उद्धार गरिएको अमेरिकी रक्षा मन्त्रालयले दाबी गरेको छ । तालिबानले सत्ताकब्जा गरेपछिका १० दिनमा ८२ हजारभन्दा बढी मानिसलाई काबुलबाट उद्धार गरिएको छ ।

डरका कारण अफगानिस्तान छोड्न हतारिहेको छन् । तर, विमानस्थलसम्म पुग्न नसकेका अफगान नागरिकको संख्या हजारौँ रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

यसैबीच, संयुक्त राज्य अमेरिका र संयुक्त अधिराज्य बेलायतले आफ्ना नागरिलाई काबुल विमानस्थल छोड्न चेतावनी दिएका छन् । सुरक्षा खतरा रहेको कारण देखाउँदै त्यहाँ यात्रा नगर्न आग्रह गरेका हुन् ।

अमेरिकी विदेशमन्त्रालये काबुल विमानस्थलमा प्रतिक्षा गरिरहेका आफ्ना नागरिकलाई सावधान गराउँदै उक्त ठाउँ तत्काल छोड्न भनेको हो । युकेले अफागानिस्तानको सुरक्षा अवस्था अस्थिर रहेको र आतंककारीले आक्रमण गर्न सक्ने संभावना उच्च रहेकोभन्दै सुरक्षित स्थानमा जान र थप सुझावको प्रतीक्षा गर्न भनेको छ । बीबीसी