राजनीति

एमालेको केन्द्रीय कमिटी बैठक बस्दै


काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज मध्याह्न १२ बजेपछि बस्दै छ । बैठक च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा बस्ने तय भएको छ ।

आज बस्ने केन्द्रीय कमिटीको बैठकले पार्टी २०७५ जेठ २ मा फर्किएको घोषणा गर्ने कार्यसूची रहेको छ । बैठकमा स्थायी कमिटी बैठकले गरेको निर्णय अनुमोदन गरिने कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।