राजनीति

अबको ४ महिनामा माधव र प्रचण्डको पार्टीबीच एकता हुन्छ : मेटमणि चौधरी


काठमाडौँ – चार महिनामै नेकपा माओवादी केन्द्र र माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीबीच एकता हुने एकीकृत समाजवादी पार्टीका नेता मेटमणि चौधरीले दाबी गरेका छन् ।

नेकपा एकीकृत समाजवादी पार्टीका नेता मेटमणि चौधरीले निर्वाचन आयोग बुधबार गरिएको सनाखतका क्रममा यस्तो दाबी गरेका हुन् ।

‘अबको चार महिनाअघि नै हाम्रो नेकपा (एकीकृत समाजवादी) र माओवादी केन्द्रबीच एकता हुने सम्भावना बढेको छु, उनले भने, ‘त्यसका लागि आवश्यक छलफल र तयारी पनि भइरहेको छ । हामीबीच कुरा अघि बढेको छ।’