राजनीति

सभामुख सापकोटाले बेइमानी गरेको ओलीको आरोप


काठमाडौँ – एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्ना पार्टी सांसदहरुलाई कारवाही गरेको सिफारिस गर्दा पनि सभामुख अग्नि साप्कोटाले प्रक्रिया रोकेर बेइमानी गरेको बताउनुभएको छ ।

ओलीले सभामुख सापकोटाले राजनीतिलाई गिजोलेर प्रतिगमन गरिरहेको आरोप पनि लगाउनुभएको छ । आज पत्रकार सम्मेलन गर्दै अध्यक्ष ओलीले सरकारमा रहेकाहरु प्रतिगमनको भष्मासुर बाटोमा अघी बढेको बताउनुभयो । १४ जना सांसदहलाई कारवाही गरेको एमालेको सिफारिसलाई एक दिन पनि रोक्ने अधिकार सभामुखसंग नरहेको ओलीको जिकिर छ । ओलीले सभामुखलाई कारवाहीको सुचना तत्काल जारी गर्न आग्रह गर्नुभएको छ ।

अध्यक्ष ओलीले सांसदहरुलाई बन्धक बनाएर माधव नेपालले जनप्रतिनिधिहरुको अपमान गरेको आरोप लगाउनुभएको छ ।