प्रवास

न्युयोर्कमा ‘उर्गेन शेर्पा डे’ को घोषणा


काठमाडौँ – अमेरिकाको न्युयोर्क शहरमा अक्टुबर २४ तारिखका दिन ”उर्गेन शेर्पा डे” मनाउने भएको छ । अमेरिकाको प्रतिनिधि सभा सदस्य ग्रेस मेङ्गले शेर्पाले कोरोना महामारीमा गरेको मानवीय कार्यको सम्मान स्वरुप अक्टुबर २४ लाई उर्गेन शेर्पा डे मनाउने घोषणा गर्नु भएको हो ।

न्युयोर्कको निर्वाचन क्षेत्र नम्बर ६ बाट प्रतिनिधि सभामा निर्बाचित मेङ्गले आफ्नो निर्वाचन क्षेत्रका नागरिकहरुलाई कोरोना महामारीमा शेर्पाले गरेको योगदानको प्रशंसा गर्दै अमेरिकी सरकारको तर्फबाट उक्त घोषणाको औपचारिक जानकारी प्रोक्ल्यामेसन मंगलबार उर्गेन शेर्पालाई हस्तान्तरण गरेको छ ।

सोलुखुम्बुको लोदिङमा जन्मिएका शेर्पा सानैदेखि समाजसेवामा सक्रिय पात्र हुन् । उनी अमेरिकामा रहेका शेर्पाहरुको संस्था युनाईटेड शेर्पा एसोसिएसन (शेर्पा किन्दुग) को निवर्तमान अध्यक्ष हुन् । युनाईटेड शेर्पा एसोसिएसन मार्फत दैनिकी खाद्यन्न, मास्क,स्यानीटाईजर जस्ता अति आवश्यकीय सामाग्रीको वितरणमा विशेष जोड दिएका थिए । न्युयोर्कको स्थानीय सरकारसँग समन्वय गरी नेपालीहरुले विशेष सहयोग गरेका थिए ।