राजनीति

एकीकृत समाजवादीका नेताहरु निर्वाचन आयोगमा


काठमाडौँ – प्रस्तावित नेकपा (एकीकृत समाजवादी)का नेताहरु निर्वाचन आयोगमा उपस्थित भएका छन् । निर्वाचन आयोगले उनीहरुलाई अहिले साढे ११ बजेदेखि २ बजेसम्मको समय दिएको छ ।

३१ सांसद र ५८ जना केन्द्रीय सदस्य सनाखतका लागि आयोगमा उपस्थित भएका छन् ।

यसअघि दल दर्ताको निवेदनमा हस्ताक्षर छुट भएका र पछि थपिएकाको हकमा के गर्ने भन्ने निर्णय आयोगले गरिसकेको छैन ।
निर्वाचन आयोगले आज नै दल दर्ताको प्रमाणपत्र दिने तयारी गरेको छ ।

यसअघि दुई दिनसम्म नेकपा (एकीकृत समाजवादी) का नेताहरु चन्द्रागिरिमा छलफलमा जुटेका थिए ।