देश

विदेश जानु नेपाली युवाको रहर कि बाध्यता ? (भिडियोसहित)

स्वदेशमा रोजगार कहिले


काठमाडौँ – देशमा रोजगारको अभाव हुँदा दिनहुँ १२ देखि १५ सय युवाहरु विदेशिन बाध्य छन् । वैदेशिक रोजगारका लागि विदेशिएका कतिपय युवाहरु उतै अलपत्र पर्ने गरेका छन् । तर, पनि नेपालमा युवाहरुले राम्रो रोजगारीको अवसर नपाएपछि कोरोना कहरका बीचपनि राहदानी विभागमा पासपोर्ट बनाउनेको भिड लागेको छ । सरकारले रोजगारीको ज्ञारेन्टी गर्न नसक्दा विदेशिन बाध्य भएको सर्वसाधारण बताउछन् ।

काठमाडौँको कान्तिपथमा रहेको राहदानी विभागमा विदेश जानको लागि पासपोर्ट बनाउन आउनेहरुको भीड रहेको थियो । राहदानी बनाउनका लागि नै सेवाग्राहीहरू बिहानैदेखि विभागमा पुग्ने गरेका छन् । काठमाडौँ उपत्यकामा कोरोना संक्रमणको जोखिम कायम नै छ । सरकारले जोखिम कायम रहेको भन्दै अझै एक सातासम्म निषेधाज्ञा जारी नै राख्ने निर्णय गरेको छ । तर,पनि विदेश जान कै लागि जोखिम मोलेर पासपोर्ट बनाउन राजधानी आउनेहरु भिड थामिनसक्नु छ ।

अधिकांश नेपाली युवा सुन्दर सपना बोकेर बिदेशिएका छन् । बिदेसिनु उनीहरूको रहर नभई बाध्यता नै बनेको छ । खाडी मुलुकमामात्रै २० लाखभन्दा बढि नेपालीहरु रोजगारीको शिलशिलामा पुगेका छन् । कोरोना संक्रमणका कारण ती देशमा रहेका कतिपय नेपालीहरुको त रोजगारी नै गुमेपछि नेपाल फर्किन बाध्य भएका छन् । तर, नेपालमा रहेका युवाहरु भने स्वदेशमा रोजगारीको ज्ञारेन्टी नहुँदा कोरोना कहरका बीच पनि बैदेशिक रोजगारमा जान पासपोर्ट बनाउन राजधानी काठमाडौंमा आइपुगेका छन् ।

कोरोना संक्रमण नियन्त्रणमा नआएपछि सरकारले भीडभाड नगर्न निर्देशन जारी गरेको भएपनि राहदानी विभागमा पासपोर्ट बनाउन आउनेको भीडले भने सरकारको नर्देशनको पालना गरेको देखिँदैन । त्यहाँ आउने सेवाग्राही विहान देखि लाइनमा बस्दा पनि सहज तरिकाले सेवा नपाएको गुनासो गर्छन ।

नेपालमा नै सरकारले रोजगारको उचित व्यवस्था गरेको भए महामारीको बेला नागरिकहरु विदेशिने बाध्य हुने थिएनन् । गरिबी र बेरोगारिको कारण लाखौ युवाहरु रोजगारीको खोजीमा विदेश पलायन भएका छन् । सरकारले बर्सेनी स्वदेशमा रोजगारीको व्यवस्था गर्ने नारा अगाडि सारे पनि व्यवहारत कार्यन्वयन हुने नसक्दा त्यसको प्रत्यक्ष मारमा युवाहरु पर्ने गरेका छन् ।

वैदेशिक रोजगारको आशमा स्वदेशमै बरालिएर बस्नेहरुको अवस्था निराशजनक त छ नै, विदेशमा पुगिसकेकाहरुले पनि सम्झौता अनुसारको काम, दाम र माम नपाउनुको पीडा झनै दर्दनाक छ । र पनि राम्रो रोजगारी पाएला भन्दै घटौं लाइन बसेर पासपार्ट बनाउन युवाहरु बाध्य भएका छन् । यो समस्या समाधानका लागि सरकारले दीर्धकालिन योजना बनाएर अगाडि बढ्नुपर्ने देखिन्छ ।