राजनीति

माधव नेपाले भने, अष्टलक्ष्मी सहमतिमै मुख्यमन्त्री बन्नु भएको हो


काठमाडौँ – प्रस्तावित नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नै सहमतिमा अष्टलक्ष्मी शाक्य बाग्मती प्रदेशको मुख्यमन्त्री बनेको बताउनु भएको छ ।

आज चन्द्रगिरिमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता नेपालले सहमतिमै अष्टलक्ष्मी शाक्य बाग्मती प्रदेशको मुख्यमन्त्री बनेको बताउनुभयो ।
तर अब के हुन्छ भन्ने शाक्यमा भर पर्ने उहाँले बताउनुभयो ।

राजनीतिक दलसम्बन्धी अध्यादेशअनुसार प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले २१ दिनभित्र दल रोज्नुपर्ने भन्दै उनले भने, ‘जब पार्टी अलग बनिसकेपछि एउटा पार्टी रोज्नुपर्ने अवस्था बन्छ । अब उहाँमा भरपर्छ, म धेरै भन्न चाहन्न ।’