राजनीति

राष्ट्रपति भण्डारी र माधव नेपालबीच शीतल निवासमा भेटवार्ता


काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारी र प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच शीतल निवासमा भेटवार्ता भएको छ । राष्ट्रपति भण्डारी र माधव नेपालबीच शीतल निवासमा दुई घण्टा लामो वार्ता भएको हो । नेकपा एमाले विभाजित हुनबाट रोक्ने प्रयासस्वरुप राष्ट्रपति भण्डारीले नेता नेपाललाई शीतल निवासमा बोलाएर वार्ता गर्नुभएको. हो ।

दुईजनाबीच मंगलबार मध्यान्ह १२ बजेदेखि दिउँसो २ बजेसम्म वार्ता भएको हो । स्रोतका अनुसार नेता नेपालसँग राष्ट्रपतिले नेकपा एमाले विभाजन रोक्ने प्रयासका लागि संवाद गर्नुभएको हो ।