राजनीति

असन्तुष्ट नेताहरुको माग पुरा गर्न केपी ओली तयार, बोलाए स्थायी कमिटी बैठक


काठमाडौँ – नेकपा एमालेले १० बुँदे सहमति कार्यान्वयनको प्रक्रिया अघि बढाउन स्थायी कमिटी बैठक बोलाएको छ । माधव नेपालको साथ छाडेका मध्यमार्गी धारका नेताहरूसँगको छलफलपछि मंगलबार स्थायी कमिटी बैठक बस्न लागेको हो । एमाले महासचिव ईश्वर पोखरेलले १० बुँदे सहमति कार्यान्वयनको प्रक्रियामा लैजानका लागि बैठक बस्न लागेको बताउनुभयो ।

ओलीसँगको छलफलपछि नेकपा एमालेका सचिव समेत रहेका गोकर्ण विष्टले १० बुँदे सहमतिलाई कार्यान्वयन गर्दै अघि बढ्न अध्यक्ष ओली र महासचिव ईश्वर पोखरेलले सहमति जनाएको बताउनुभयो ।