राजनीति

पौडेल पक्षका नेताहरुको बैठक सकियो, के भयो त सहमति ?


काठमाडौँ – १४औँ महाधिवेशनमा सभापतिको साझा उम्मेदवार चयनलगायतका विषयमा छलफल गर्न बसेको नेपाली कांग्रेसको रामचन्द्र पौडेल पक्षका नेताहरुको बैठक सकिएको छ । सभापतिका आकांक्षी बनेका पौडेल–कोइराला समूहका नेताहरु १४ औं महाधिवेसनमा सभापतिको साझा उमेदवार खोज्न छलफलमा जुटेका थिए ।

आजको बैठकमा कसरी सबैलाई मान्य हुने साझा उमेदवार तय गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको छ । काठमाडौँको गौशलास्थित अनुपम फुडल्याण्डमा सभापतिका आकांक्षीहरु जम्मा भएको बैठकमा सबैलाई मान्य हुने उमेदवार चयनका लागि छलफललाई निरन्तरता दिने सहमति भएको छ । नेपाल टेड्र यूनियन कांग्रेसका पूर्वअध्यक्ष लक्ष्मणसिंह बस्नेतले जानकारी दिए ।

बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्यहरु शेखर कोइराला, अर्जुन नरसिंह केसीलगायतका नेताहरु सहभागी हुनुहुन्छ । कांग्रेसमा क्रियाशील सदस्यतासम्बन्धी विवाद पेचिलो बन्दा आसन्न १४ औं महाधिवेशनको कार्यतालिका पटक–पटक संशोधन गरिएको छ ।

पछिल्लोपटक कांग्रेसले मंसिर ९ देखि १३ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ । तर, अझै क्रियाशील सदस्यताको विवाद टुंगिएको छैन ।