राजनीति

सभापतिमा देउवको विकल्प खोज्दै कांग्रेस


काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको विकल्पमा एउटै उमेदवार खोज्न रामचन्द्र पौडेलसहितका नेताहरु छलफलमा जुटेका छन् । सभापतिका आकांक्षी बनेका पौडेल–कोइराला समूहका नेताहरु १४ औं महाधिवेसनमा सभापतिको साझा उमेदवार खोज्न छलफलमा जुटेका हुन् ।

छलफलमा सभापतिका आकांक्षीहरु वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, नेताहरु प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, डा.शेखर कोइराला लगायत नेता उपस्थित छन् । काठमाडौँको गौशलास्थित अनुपम फुडल्याण्डमा सभापतिका आकांक्षीहरु जम्मा भएका छन् । सभापतिको साझा उमेदवार खोज्ने प्रयोजनका लागि नेपाल टेड्र यूनियन कांग्रेसका पूर्वअध्यक्ष लक्ष्मणसिंह बस्नेतले भेला आयोजना गरेका हुन् ।