विदेश

अमेरिकाले उद्धारका लागि थप १८ विमान अफगानस्तान पठाउने


काठमाडौँ – अमेरिकाले अफगानिस्तानमा फसेका नागरिकलाई उद्धार गर्नका लागि थप १८ विमानको व्यवस्था गर्ने भएको छ । अफगानस्तानमा तालिवाले कब्जा गरिसकेपछि फसेका अमेरिकी र अफगानी नागरिकको उद्धारका विमान परिचालन गर्ने भएको हो।

राष्ट्रपति जो बाइडेनले मिलिट्री एयरफोर्ससँगै कमर्सियल विमान पनि परिचालन गरिने जनाएका छन् । रोयटर्सका अनुसार ६ वटा कमर्सियल कम्पनीका १८ विमानले सोमवारदेखि उद्धारको काम थाल्ने छन् । युनाइटेड एयरलाइन्सका चार वटा विमान, अमेरिकी एयरलाइन्स, एट्लस एयरलाइन्स, डेल्टा एयरलाइन्स र ‌ओम्नी एयरका तीनरतीनवटा तथा हवाइयन एयरलाइन्सका दुई वटा विमान परिचालन हुनेछन् । अमेरिकी रक्षा विभागले सिभिल रिजर्भ एयरफ्लिट ९सिआरएएफ० अन्तर्गत १८ वटा विमान परिचालन गर्न लागेको हो ।

राष्ट्रपति बाइडेनले १८ वटा विमानले अफगानिस्तान बाहिरका सुरक्षित स्थानबाट मानिसहरूलाई तेस्रो देशमा पुर्‍याउने उल्लेख गरेका छन् । कतार र जर्मनीजस्ता अस्थायी केन्द्रमा परीक्षण गरेर उद्धार गरिएका व्यक्तिलाई अमेरिका वा कुनै तेस्रो देशमा लगिने बाइडेनको भनाई छ । उद्धार गरिएका कोही पनि काबुलमा नउत्रिने बताइएको छ । राष्ट्रपति बाइडेनले काबुल विमानस्थलबाट पनि मानिसलाई उद्धार गर्ने काम तीव्र भइरहेको बताए । साथै विमानस्थलको क्षेत्र क्षेत्रलाई अमेरिकी सेनाले नियन्त्रणमा लिएको उल्लेख गरेका छन् । बाइडेनले ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै हालसम्म अमेरिकाले २८ हजार मानिसको उद्धार गरेको जानकारी पनि दिए ।