देश

भीषण वर्षाका कारण महेन्द्रपुलको मुख्य सडक भासियो

योहो संवाददाता

काठमाडौँ – हिजोदेखि निरन्तर परेको भीषण वर्षाले पोखरा महानगरपालिकास्थित महेन्द्रपुलमा आईतवार राति मुख्य सडक भास्सिएको छ । वर्षासँगै आएको भलपानीले सेलवेज पारिपट्टीको गरिमा विकास बैंक तथा उत्तम भाडा पसल सामुन्नेको पक्की पिच भास्सिएको हो ।

पोखराको उतरी क्षेत्र विन्ध्यवासीनी मन्दिर र नदीपुर हुँदै भीषण वर्षासँगै आएको भलपानीले करिव पाँच मिटर लामो र दुई मिटर गहिरो खाडल हुने गरी सडक भास्सिएको पसेपछि स्थानीयवासी त्रसित बनेका छन् । जमिन भास्सिने क्रममा विद्युत् र टेलिफोनको पोलसँगै सडकको नाली र सडक पेटीलाई पनि असर परेको छ ।

सडक भास्सिँदा पार्किङ गरी राखिएको नानो कारको केहि भाग धस्सिएपनि तत्काल स्थानीयवासी र प्रहरीको टोलीले उचालेर सुरक्षित स्थानमा सारेका थिए ।