राजनीति

भाजपा विदेश विभाग प्रमुख चौथाइवा र प्रधानमन्त्री देउवाबीच भेटवार्ता


काठमाडौँ – भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा. विजय चौथाइवाले काठमाडौँ आइपुगेका छन् । चारदिने अनौपचारिक भ्रमणका क्रममा उनले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको भेटवार्तामा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश देउवालाई सुनाएको उनीनिकट स्रोतले जानएको छ । देउवा प्रधानमन्त्री भएपछि भारतबाट आएका उनी सबैभन्दा उच्चस्तरीय नेता हुन् ।

देउवा प्रधानमन्त्री भएपछि भारतीय समकक्षी मोदीसँग टेलिफोनमा कुराकानी भएलगत्तै चौथाइवालेले पनि देउवालाई टेलिफोन गरेका थिए । केही महिनाअघि एमाले नेता विष्णु पौडेलको निमन्त्रणामा आएका चौथाइवाले देउवासँग भेटवार्ता गरेका थिए ।

चौथाइवालेले आइतबारै कांग्रेस सहमहामन्त्री एवं पूर्वपरराष्ट्रमन्त्री डा। प्रकाशशरण महतसँग पनि भेटवार्ता गरेका छन् ।