राजनीति

माओवादी केन्द्रको निर्णय : सबै कम्युनिस्टहरूसँग एकताको प्रक्रिया अघि बढाउने


काठमाडौँ – नेकपा माओवादी केन्द्रले नेपालका सबै कम्युनिस्टहरूको एकताका लागि प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । आइतबार बसेको माओवादी केन्द्रको स्थायी कमिटि बैठकले क्रान्तिकारी धाराका सबै कम्युनिस्टहरूको एकता जरुरी रहेको र त्यसका लागि आगामी निर्वाचनमा सहभागी हुनुभन्दा पहिले नै कम्युनिष्टहलाई एक गराउने प्रक्रिया थालनी गर्ने निर्णय गरेको हो ।

विगतको पार्टी एकताबाट पाठ सिक्दै नयाँ उर्जासहितको कम्युनिष्टहरु ध्रुवीकरणका निम्ति वार्ता तथा पहल गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

नेपाल सुहाउँदो समाजवाद निर्माणका लागि सर्वश्रेष्ठ शक्ति निर्माणको अगुवाई माओवादी केन्द्रले गर्ने र ससाना संगठनमा खुम्चीएका दलहरुलाई राजनीतिको मुलधारमा ल्याउन पहल गर्ने स्थायी कमिटिको निर्णय छ ।