समाचार

विद्यालय सञ्चालन नगर्न जिल्ला प्रशासन कार्यालय बैतडीको पत्राचार



काठमाडौँ – जिल्ला प्रशासन कार्यालय बैतडीले विद्यालय सञ्चालन नगर्न जिल्लाका स्थानीय तहसँग अनुरोध गरेको छ। प्रशासनले जिल्लाका १० वटै स्थानीय तहलाई पत्राचार गर्दै विद्यालय सञ्चालन नगर्न अनुरोध गरेको हो।

हाल जिल्लाको मेलौली नगरपालिका र शिवनाथ गाउँपालिकाका विद्यालय सञ्चालनमा रहेकाछन्। पञ्चेश्वर गाउँपालिकाले भदौ ७ देखि विद्यालय सञ्चालन गर्ने तयारी गरेको छ। यसका साथै जिल्लाका अन्य स्थानीय तहले पनि विद्यालय सञ्चालन गर्ने तयारी गरिरहेकोले प्रशासनले सञ्चालन नगर्न पत्राचार गरेको हो।

प्रशासनले भिडभाड हुने खालका कुनै कार्यक्रम नगर्न यसअघि नै सूचना जारी गरिसकेको छ। विद्यालय सञ्चालन गर्दा भिडभाड हुने भएकाले महामारीको समयमा सचेतता अपनाउन आग्रह गरिएको हो।


यस्तो अवस्थामा विद्यालय सञ्चालन गर्न महामारी निम्त्याउनु रहेकोले भन्दै प्रशासनले महामारी फैलिएपछि नियन्त्रण गर्न कठिन हुने भएकोले विद्यालय सञ्चालन नगर्न आग्रह गरिएको जनाएको छ।

स्थानीय सरकारहरूले पनि जोखिमको पूर्व आँकलन गरेर मात्रै विद्यालय खोल्न अनुमति दिनुपर्नेमा भारतीको जोड रहेको छ।