देश

अफगानिस्तानबाट हालसम्म ६ सय नेपाली घर फिर्ता


काठमाडौँ — तालिबानले सत्ता कब्जा गरेपछि शनिबार पनि अफगानिस्तानबाट दुईवटा उडानमा नेपाली आएका छन् । दुईवटा उडानमा २७ र ९ गरी जम्मा ३६ जना नेपाल आइएको गृह मन्त्रालयले जनाएको छ ।

योसँगै गृहयुद्धमा तहसनहस भएको अफगानस्तानमा रहेका करिब ६ सय नेपाली घर फर्किएको गृह मन्त्रालयका प्रवक्ता फडिन्द्रमणि पोखरेलले जनाएको छ । पोखरेलका अनुसार एक सातामा ५२२ फर्किएका छन् । थप ३१७ जना नेपाल फर्कनका लागि नाम टिपाएका छन् ।

शनिबार राति पनि अफगानिस्तानबाट केही नेपाली स्वदेश फर्किने उडान तालिका रहेको पोखरेलले जानकारी दिए ।