समाचार

रुकुम पश्चिममा पौडी खेल्ने क्रममा दाजुभाइको मृत्यु


काठमाडौँ – रुकुम पश्चिममा पौडी खेल्ने क्रममा डुबेर दाजुभाइको मृत्यु भएको छ । मुसीकोट नगरपालिका–७, स्थित ठूली दहमा पौडी खेल्ने क्रममा डुबेर दाजुभाइको मृत्यु भएको रुकुम पश्चिम प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा मुसीकोट नगरपालिका–१, सल्लेका २१ वर्षीय भीमबहादुर थापा र उनको १७ वर्षीय भाइ प्रेमबहादुर थापा रहेका छन् ।

साथीहरुसँग घुम्न गएका उनीहरुको पौडी खेल्ने क्रममा शुक्रबार दिउँसो साढे २ बजे मृत्यु भएको रुकुम पश्चिमका प्रहरी प्रमुख डीएसपी ध्रुवकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

नेपाल प्रहरी, शसत्र प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा शुक्रबार बेलुका मात्रै उनीहरुको शव निकालिएको डीएसपी श्रेष्ठले बताउनुभयो ।