कोरोना विशेष

२४ घण्टामा ३ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि, २६ को मृत्यु


काठमाडौँ – पछिल्लो २४ घण्टामा थप ३ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट २ हजार ७९ र एन्टिजेन विधिबाट ९६३ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै, थप २ हजार २४४ जना संक्रमण मुक्त भएका छन् । त्यस्तै संक्रमणबाट थप २६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या १० हजार ४५५ पुगेको छ ।