राजनीति

दलको नाम परिवर्तन गर्ने नेपालको तयारी


काठमाडौँ – पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रस्तावित नयाँ दलको नाम परिवर्तन गर्ने हुनुभएको छ । यसका लागि निर्वाचन आयोगमा पुनस् दल दर्ताको निवेदन दिने तयारी छ ।

बुधबार मात्रै नेपालसहितका नेताहरूले नेकपा एमाले समाजवादी नामको दल दर्ता गर्न निवेदन दिएका थिए । गत फागुन २३ गते नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का विषयमा सर्वोच्च अदालतले गरेको फैसलाका कारण नाममा एमाले शब्द राख्न कानुनी अड्चन आउने देखिएपछि परिवर्तन गर्न लागिएको हो ।

नयाँ नाम नेकपा एकीकृत समाजवादी वा नेकपा समाजवादी राख्ने विषयमा छलफल चलिरहेको नेपालनिकट नेताहरूले बताएका छन् । राष्ट्रपतिले बुधबार राजनीतिक दलसम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेअनुसार नियमावली संशोधन नहुँदा नयाँ दल दर्ताको प्रक्रिया अघि बढ्न सकेको थिएन ।

बिहीबार साँझ मात्रै संशोधित नियमावली राजपत्रमा प्रकाशित गरिएको थियो । नेपालले ९५ सदस्यीय केन्द्रीय कमिटी गठन गरेका छन् ।