देश

जयपृथ्वी राजमार्गमा पहिरो खस्दा सडक अवरुद्ध, यात्रुहरु अलपत्रमा


काठमाडौँ – पहिरो खस्दा शुक्रबार बिहानैदेखि जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । शुक्रबार बिहानैदेखि जयपृथ्वी राजमार्गअन्तर्गत पाटन नगरपालिकामा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ ।

नगरपालिकाको वडा नम्बर ८ झौलेक र ढोल्यामोडमा सडकमाथिबाट खसेको पहिरोले बिहान ६ बजेदेखि राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए । अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहे पनि लगातारको वर्षाका कारण प्रभावित भएको उनले बताए ।

राजमार्ग अवरुद्ध हुँदा बझाङबाट काठमाडौँ, धनगढी, महेन्द्रनगर, डडेल्धुरा, बैतडीलगायतका सहरका लागि छुटेका सवारी साधन रोकिएका छन् । सवारी साधन रोकिँदा यात्रुहरु अलपत्र परेको प्रहरी निरीक्षक ओझाले बताए ।