विदेश

अफगानिस्तानमा विदेशी सेनासँग आबद्ध भएर काम गरेकाहरु असुरक्षित, कयौको परिवार हिरासतमा


काठमाडौँ – अफगानिस्तानलाई नियन्त्रणमा लिए पछि तालिबानले अमेरिकी सेना तथा नेटो सेनासँग काम गरेकाहरुको खोजीलाई तीव्र पारेको छ । संयुक्त राष्ट्र संघको एउटा रिपोर्टले विदेशी सेनासँग सम्पर्कमा रहेर काम गरेकाहरुलाई तालिबानले घर–घरमै पुगे दबाब दिन थालेको जनाएको छ ।

केही व्यक्तिलाई आत्मसमर्पण गर्न बाध्य पारिएको र केहीको परिवारलाई हिरासतमा लिने गरेको रिपोर्टलाई उदृत गर्दै बीबीसीले जनाएको छ । यस्तै, केही व्यक्तिलाई भने ज्यान मार्ने धम्की समेत दिन थालेको पाइएको छ । सेना, प्रहरी र सुरक्षा सम्बन्धी क्षेत्रमा काम गर्नेहरु तालिबानबाट बढी असुरक्षित रहेका उल्लेख गरिएको छ । तालिबानले अफगानिस्तानका ठूला सहरलाई कब्जामा लिनु अगावै विदेशी सेनासँग आबद्ध भएर काम गरेकाहरुको बारेमा जानकारी राखेको पनि रिपोर्टमा उल्लेख छ ।

तालिबानले काबुल विमानस्थलबाट विदेशी सेनालाई बाहिरिन दिने प्रतिबद्धता व्यक्त गरेको छ । तर, विमानस्थलमा समेत विदेशी सेनासँग आबद्ध भएकाहरुको खोजी गर्ने काम भने रोकेको छैन । काबुल विमानस्थलमा अझै पनि कोलाहल छ । तालिबानले आफूले कुनै बदलाको भाव नराखेको बताए पनि अफगानिस्तानका बासिन्दाले विश्वास गर्न सकेका छैन ।