राजनीति

पार्टी फुटेको नभई टुक्रिएको ओलीको दाबी, विभाजनको मुख्य दोषी को ? (भिडियोसहित)


काठमाडौँ – माधवकुमार नेपालले नयाँ दल दर्ता गरेसंगै नेकपा एमाले विभाजित बनेको छ । तर एमाले विभाजनलाई अध्यक्ष केपी शर्मा ओलीले फुट नभइ केही व्यक्ति अलग्गिएको दाबी गरेका छन् ।

करिब पाँच दशक लामो राजनीतिक सहयात्रा र सम्बन्धलाई टुङग्याउँने गरि बुधबार नेकपा एमाले औपचारिक विभाजन भएपछि संस्थापक नेता अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालको गोरेटो र गन्तव्य फेरिएको छ ।

अब ओली संस्थापन कायम भएका छन् भने नेपाल नेकपा एमाले (समाजवादी) पार्टी बनाएर अध्यक्ष बनेका छन् ।बुधबार पार्टी औपचारिक रुपमा विभाजन भएपछि विहिबार पहिलोपटक सार्वजनिक रुपमा बोलेको अध्यक्ष ओलीले पार्टी विभाजन नभई टुक्रिएको बताए ।पार्टी फुटेको नभई केही मानिस मात्र अलग भएको बताउने ओलीले एकाध ठाउँमा यसले असर गरे पनि अपूरणीय क्षति नहुने दाबी गरे ।

२०७४ को निर्वाचनपछि बामगठबन्धनको तर्फबाट ओली नेतृत्वकोशक्तिशाली सरकार बनेको थियो, त्यस्तो दुर्लभ अवसर पाएका ओलीलेहाल आएर आफ्नै पार्टी जोगाउन सकेनन् ।एमालेकै संस्थापक र १४ वर्ष पार्टी नेतृत्व गरेका माधव नेपाललाई पनि सम्मानजनक स्थान दिन सकेनन् । फलतः नेपालले फरक दल दर्ता गरेका हुन् । तर विभाजनको दोष ओलीले माधवलाई मात्र थुपारेका छन् ।

ओलीले आफ्नो विचारमा असहमत हुने पक्षलाई सही तरिकाले व्यवस्थापन गर्न सकेको भए एमाले विभाजनको अवस्था आउने थिएन । करिब १४ वर्ष एमाले महासचिव भइसकेका नेपालको फरक विचारलाई सम्मान गर्न नसक्नुलाई विभाजनको जड मान्न सकिन्छ । तर नेपालले पदप्रति देखाएको चरम आकंक्षा पनि विभाजनको कारण बनेको छ ।

अध्यक्ष हुने चाहना र गठबन्धनसंगको निकटतालाई निरन्तरता दिदै आएका नेपालको सरकारमा सामेल हुने तीब्र इच्छा पनि एमालेको औपचारिक विभाजनसंगै पुरा हुने भएको छ ।