राजनीति

पार्टी फुटेपछि ओलीले भने-एमालेमा ग्रहणमात्र लागेको हो, त्यो आफैँ सकिन्छ (भिडियोसहित)


काठमाडौँ – पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले मुलुकमा अधिकांश निकायमा एमालेकै प्रतिनिधिहरु कार्यरत रहेकाले एमाले देश विकासमा क्रियाशील रहेकोबताएका छन् ।

भक्तपुरमा आयोजित सम्मान तथा पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले हामीलाई देश विकासबाहेक अरु केही मतलब नभएकाले त्यसैमा केद्रीत रहेको स्पष्ट पारे ।

ओलीले अहिले नेकपा एमालेमा ग्रहण लागेकोजस्तो देखिएको तर त्यो केही नभएको बताउँदै त्यो राहु केतुजस्तै मात्र भएको उल्लेख गरे । ओलीले भक्तपुर सानो भए पनि अत्यन्त महत्वपूर्ण पुरातात्विक जिल्ला भएकाले यसलाई नमूना जिल्लाका रुपमा विकास गर्दै अघि लैजानुपर्ने बताए । उनले सम्बोधन गरिरहँदा मञ्च बाहिर कार्यकर्ताले उनको समर्थनमा नारा लगाइरहेका थिए ।

नारा घन्कने क्रममा उनले आफ्नो भाषणलाई उत्तेजित नबनाई विकास निर्माणका कुरामा केन्द्रीत गरेर टुङ्ग्याएका थिए ।