देश

प्रदीप गिरीको स्वास्थ्यमा समस्या


काठमाडौँ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप गिरिको स्वास्थ्यमा समस्या देखिएको छ ।

केहीदिनदेखि स्वास्थ्यमा समस्या देखिएपछि भारतको मुम्बईमा उहाँको उपचार भइरहेको छ । अहिले मुम्बईस्थित अस्पतालमा गिरिको उपचार भइरहेको छ । उहाँको उपचारमा डाक्टर सुल्तान प्रधान नेतृत्वको चिकित्सक टोली खटिएको छ ।

गिरी अस्पताल भर्ना भएपछि कांग्रेस उपसभापति विमलेन्द्र निधि उनको स्वास्थ्य अवस्था बुझ्न भारततर्फ लागेका छन् ।

बिहीबार बिहान काठमाडौँबाट हवाईजहाजमा जनकपुर गएका निधि त्यहाँबाट भारतको दरभंगासम्म गाडीमा जानेछन् । त्यसपछि पुनः विमानमार्फत नै मुम्बई जाने निधिको सचिवालयले जनाएको छ ।

गिरिको स्वास्थ्य समस्याबारे भने जानकारी गराइएको छैन ।