समाचार

मध्यरातमा चीनबाट आइपुग्यो ८ लाख भेरोसेल खोप, थप ८ लाख आज बेलुका आइपुग्ने


काठमाडौँ – चीनबाट खरीद गरिएको कोभिडबिरुद्धको खोप भेरोसेलको ६० लाख डोज मध्ये ८ लाख डोज गएराती १२ बजे काठमाडौँ आइपुगेको छ । नेपाल एयरलायन्सको वाइडबडी जहाजले मध्यरातमा खोप काठमाडौँ ल्याइपु¥याएको हो ।


स्वास्थ्य सेवा विभागका अनुसार खोप अस्थायी व्यवस्थापन गरी टेकुस्थित गोदाममा राखिएको छ । यसैबीच, चीनबाट आजै थप ८ लाख खोप आउने भएको छ । नेपाल एयरलायन्सकै जहाजले बेलुका ८ बजे थप ८ लाख डोज भेरोसेल ल्याउने भएको हो । खोप लिन विमान चीन उडिसकेको छ ।

सरकारले चिनियाँ कम्पनी सिनोफार्मसँग ६० लाख खोप खरीद गर्ने निर्णय गरेको थियो । खरीद गरिएको १६ लाख डोज आज बेलुकासम्म आइपुगेपछि बाँकी ४४ लाख पनि यही महिनाभित्रै आइपुग्ने बताइएको छ ।