विदेश

अफगानिस्तानबाट भागेको राष्ट्रपति असरफ घानीले युएईको शरणमा


काठमाडौँ – अफगानिस्तानबाट भागेका राष्ट्रपति असरफ घानीले खाडी देश संयुक्त अरब इमिरेट्स (युएई) मा शरण लिएका छन् । तालिबान लडाकु राजधानी काबुल प्रवेश गरेपछि राष्ट्रपति घानीले गत आइतबार देश छाडेका थिए ।


युएईको विदेश मन्त्रालयले मानवीय नाताले घानी र उनको परिवारलाई स्वागत गरिएको बताएको छ । भिडियो सन्देश जारी गरेर घानीले आफ्नो देश छोड्ने निर्णयको बचाउ गरेका छन् । गम्भीर विपदको अवस्था आउन नदिनका लागि आफूले देश छोडेको उनको भनाई छ । आफूले देश छाडेकै कारण रक्तपात नभएको उनको दाबी रहेको छ ।