समाचार

राजधानीमा फोहोरको डंगुर, महानगर मस्त निद्रामा (भिडियोसहित)


काठमाडौँ – काठमाडौँ महानगरपालीकाको फोहोर व्यवस्थापन केन्द्र सिसडोलमा जाने सडक बिग्रिएका कारण काठमाडौँ उपत्यकाको फोहोर एक साता देखि उठेको छैन । काठमाडौँ उपत्यका पुन एक पटक दुर्घन्धीत बनेको छ भने महानगरको लाचारी पुन उजार्ग भएको छ ।

एक सातादेखि फोहोर नउठ्दा काठमाडौँको उपत्यकाको सडक किनार र खाली ठाउँहरु फोहोरको डंगुर बनेको छ । दुर्घन्ध त फैलाएको छ नै संक्रामक रोगको जोखिम पनि बढाएको छ । एक साता वित्दा पनि सिसडोलस्थीत डम्पीङ साइट जाने सडकको मर्मत गर्न सरकार असक्षम बनेको छ ।

फोहोर व्यवस्थापनका लागि भन्दै आम काठमाडौँबासीबाट महिनामै दशौँ लाख रुपैयाँ संकलन गर्ने महानगरपालिकाले भत्कीएको सडकको पुन मर्मत समेत गर्न नसकेर लज्जाबोध गराएको छ ।

काठमाडौँ मेयर विद्यासुन्दर शाक्यदेखि अरु जनप्रतिनिधि र तालुकदार निकाय सहरी विकास मन्त्रालयका अधिकारीहरुको लाचारपनका कारण काठमाडौँमा फोहोर थुप्रिएको हो । एक हप्तासम्म कुनै पहल गर्न नसकेको सरकारी निकायप्रति महानगरबासीले आक्रोश पोख्न थालेका छन् ।

यसअघि सिसडोलवासीको विरोधका कारण पटक–पटक फोहोर व्यवस्थापनमा समस्या हुँदै आएको थियो । सधैंजसो वर्षायाम सुरु भएपछि फोहोर संकलन र व्यवस्थापनमा समस्या हुन्छ । तर, यसको समाधानप्रति महानगरपालीका चुकिरहेको छ । फोहोरको दुर्गन्ध खेपिरहेका सर्वसाधारणमा भने कोरोना र अन्य संक्रामक रोग फैलिएला भन्ने अर्को चिन्ता पनि थपिएको छ  ।

बारम्बार मेयर शाक्यको कार्यशैली हेरेर आजित बनेका नगरबासीका अगाडी यीनै मेयरले लाचार हुँदै अझै केही दिन फोहोर उठाउन नसकीने जवाफ दिन्छन् ।

कोरोना संक्रमणको जोखिम थप बढ्दै गइरहेको बेला महानगरको यो हदको लापरर्वाही कहिले अन्त्य हुने हो पत्तो छैन । महानगरको निष्क्रीयतालाई मध्यनजर गर्दै जन जनले दवाव श्रृजना गर्नु पर्ने देखिन्छ ।