राजनीति

प्रदेश २ का प्रदेश प्रमुख मिश्रले गरे पदभार ग्रहण


काठमाडौँँ – प्रदेश २ का प्रदेश प्रमुख हरिशंकर मिश्रले बुधबार पदभार ग्रहण गर्नुभएको छ । मधेश भवनको प्राङ्गणमा रहेको प्रदेश प्रमुखको कार्यालयमा आएर उहाँले पदभार ग्रहण गर्नुभएको हो । पदभार ग्रहण गर्दै मिश्रले प्रदेश सरकारसँग समन्वय गरेर अघि बढ्ने बताउनुभयो ।

सरकारले यसअघिका प्रदेश प्रमुख राजेश झालाई हटाएर मिश्रलाई नियुक्त गरेको हो ।