देश

अविरल वर्षाका कारण मलंगवा डुवानमा


काठमाडौँ – अविरल वर्षाले सर्लाहीस्थित लखनदेही खोलाको बाँध भत्किंदा मलंगवा नगरपालिकाका दुई वडा डुबानमा परेका छन् । वडा नम्बर ५ र ६ का करिव ४० घर डुवानमा परेको स्थानीय बासिन्दाले बताएका छन् ।

सयौं बिगाह खेतीयोग्य जमिन जलमग्न भएका छन् । बाढीले लखनदेही खोलाको बाँध दुई ठाउँमा भत्काएको छ । चारैतिर पानी भरिएकोले स्थानीयलाई घर बाहिर निस्कन समस्या भएको छ । बाढीले सयौं बिगाहमा लगाइएको धानबालीमा पनि क्षति पु¥याएको छ । वडा नम्बर ५ भाँडसरका वडाध्यक्ष मनोज सहनीले नगरपालिकाले लखनदेही खोलामा पक्की बाँध बाँध्न पहल नगरेकोले डुवानको समस्या भएको बताउनुभयो ।

नगरपालिकाका प्रमुख प्रशासकीइ अधिकृत होमनाथ सुवेदीले जनताको अपेक्षा अनुसारका काम गर्न नसकेको स्वीकार गर्नुभएको छ ।