राजनीति

माधव पक्ष नयाँ दल दर्ताको तयारीमा


काठमाडौँ – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका स्थायी कमिटि सदस्यहरुबीच आज बिहान नयाँ दल दर्ताबारे छलफल भएको छ । को तयारीमा जुटेको छ । बुधबार बिहान कमिटि स्थायी सदस्य नयाँ दल दर्ता तयारीका लागि छलफलमा जुटेका हुन् ।

छलफलमा सदस्यहरुबीच नयाँ दल दर्ता गर्न एकमत भइसकेको स्रोतको दावी छ । यसै विषयको निर्णय गर्न आज दिउँसो केन्द्रीय कमिटी र सांसदहरुको बैठक तय भएको बताइएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा एकताको ढोका बन्द गरेपछि नयाँ दल दर्ता गर्नुको विकल्प नभएको नेपाल पक्षका नेताहरूको भनाइ छ । नेता नेपाल पनि ओली एकताका लागि तयार भए दल विभाजन गर्ने पक्ष नरहेको नेताहरूको भनाइ छ । तर, ओलीले पेलेर जाने संकेत गरेपछि नेता नेपाल समूह नयाँ दल दर्ताको तयारीमा लागेको हो ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले मंगलबार वरिष्ठ नेता नेपालसहित १४ जना सांसदलाई कारबाहीको सिफारिस गरेपछि वरिष्ठ नेता नेपाल समूह नयाँ दल दर्ताको तयारी जुटेको हो । एमालेबाट छुट्टिने लगभग निश्चित नै भईसकेपछि माधव नेपाल पक्षले पार्टीको नाम र चिह्न पनि सोचिसकेका छन् । सरकारले केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत सदस्य भन्ने ठाउँमा केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत सदस्य राखेर संशोधन गरी अध्यादेश ल्याँउदै छ ।